जेनजीको नाममा अर्को विज्ञप्ति- सुशीला होइन, कुलमान हुनुपर्छ

हिमाल प्रेस २६ भदौ २०८२ १३:१५ | Thursday, September 11, 2025
6
SHARES
जेनजीको नाममा अर्को विज्ञप्ति- सुशीला होइन, कुलमान हुनुपर्छ

काठमनडाैँ– जेनजीकै नाममा सार्वजनिक अर्को एउटा विज्ञप्तिले सुशीला कार्की नभएर कुलमान घिसिङलाई अन्तरिम सरकारको अध्यक्षका रुपमा पठाउने निर्णय भएको जनाएको छ।

‘संविधान बमोजिम पूर्वप्रधानन्यायाधीश, न्यायाधीशहरु यो पदमा नियुक्तिका लागि योग्य नहुने, ७० वर्ष उमेर नाघेकाले उहाँले जेनजीको प्रतिनिधित्व पनि गर्न नसक्ने भएकाले उहाँको नाम अस्वीकृत गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

बालेन्द्र शाहले रुचि नदेखाएको र हर्क साम्पाङले सबैको नेतृत्व गर्न नसक्ने भएकाले आफूहरुले कुलमान घिसिङलाई अघि सारेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘बालेन्द्र साहले रुचि नदेखाउनुभएको, हर्क साम्पाङले सबैलाई नेतृत्व गर्न सक्ने सम्भावना कम भएको र सुशीला कार्की अयोग्य तथा ७० वर्ष उमेर माथिको हुनुभएकोले नेपाललाई लोडसेडिङबाट मुक्त गराउने, देशभक्ति व्यक्ति, सबैले रुचाएको इन्जिनियर कुलमान घिसिङलाई अन्तरिम सरकारको नेतृत्वमा पठाउने निर्णय भएको छ।’ विज्ञप्तिमा भनिएको छ।

यसअघि जेनजीको अर्को समूहले भने सुशीला कार्कीमा सहमति भएको बताएको थियो। सुशीला कार्कीले भने आफू नेतृत्व लिन तयार रहेको बताइसकेकी छन्।

प्रकाशित: २६ भदौ २०८२ १३:१५ | Thursday, September 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast