ललितपुरबाट ९१ लाख रुपैयाँ नगदसहित युवक पक्राउ

हिमाल प्रेस १० भदौ २०८२ १७:२४ | Tuesday, August 26, 2025
ललितपुरबाट ९१ लाख रुपैयाँ नगदसहित युवक पक्राउ फाइल तस्बिर

ललितपुर- ललितपुर महानगरपालिका-४ शान्तिकुना मार्गस्थित डेरामा अनलाइन जुवा (सट्टावाजी) र लागुऔषधसहित एक युवकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय र ललितपुर प्रहरीले संयुक्त रूपमा गरेको अपरेशनका क्रममा सिन्धुली कमलामाई नगरपालिका-२ पिपलभन्ज्याङ स्थायी घर भएका २६ वर्षीय गौरव स्याङ्तान पक्राउ परेका हुन्।

प्रहरीका अनुसार शान्तिकुनास्थित डेराकोठामा खानतलासी गर्दा ठूलो मात्रामा नगदसहित विभिन्न इलेक्ट्रोनिक उपकरण र गाँजाजस्तो देखिने पदार्थ समेत बरामद भएको छ।

बरामद सूचीअनुसार प्रहरीले ५०० र १००० दरका नोटमा जम्मा रु. ९१ लाख ५० हजार नगद, नोट गन्ने मेसिन १ थान, तौल गर्ने तराजु १ थान, १.५ किलो गाँजा, विभिन्न कम्पनीका ११ थान मोबाइल सेट, एक थान ल्यापटपलगायत सामान बरामद गरेको छ।

प्रहरीले बरामद सामग्रीसहित स्याङ्तानलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित: १० भदौ २०८२ १७:२४ | Tuesday, August 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast