ऐरी र अलामले ४-४ विकेट लिँदा ९६ रनमा समेटियो एसीटी

हिमाल प्रेस १० भदौ २०८२ ११:२९
22
SHARES
ऐरी र अलामले ४-४ विकेट लिँदा ९६ रनमा समेटियो एसीटी

काठमाडौँ- नेपाली क्रिकेट टोलीले अस्ट्रेलिया भ्रमणका क्रममा खेलेको दोस्रो अभ्यास टी२० खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)लाई ९६ रनमा समेटेको छ। टस जितेर सुरुवातमा बलिङ रोजेको नेपाली टिमले १७ दशमलव २ ओभरमा एसीटीलाई अलआउट गरेको हो।

नेपालका लागि दीपेन्द्र ऐरी र सहाव अलामले ४-४ विकेट लिए। कप्तान रोहित पौडेलले १ विकेट लिए। एसीटीका लागि निक ब्रोएसले १६, ज्याक केओघ, मिकी म्याकनमारा र टम होगनले समान १५ तथा जेक स्मिथले १० रन बनाए । यसअघि यही टिमलाई नेपालले आजै हराएको छ।  अबको केही बेरमा नेपालले जबाफी ब्याटिङ गर्दैछ।

प्रकाशित: १० भदौ २०८२ ११:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast