समानान्तर चलाउने सञ्जीव छ महिना निलम्बनमा!

हिमाल प्रेस ९ भदौ २०८२ ६:५१
26
SHARES
समानान्तर चलाउने सञ्जीव छ महिना निलम्बनमा!

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको युवा संघ, नेपालमा समानान्तर कमिटी बनाएका सञ्जीव राईलाई संघले निलम्बन गरेको छ।

राईलाई संस्थापन पक्षले ६ महिनाका लागि निलम्बन गरेको हो। ३ भदौमा ३ दिनभित्र स्पष्टीकरण बुझाउन दिइएको पत्रलाई बेवास्ता गरिएको र संघको जीवनलाई तहसनहस बनाउन भूमिका खेलेको आरोप लगाइएको छ।

युवा संघ अनुशासनका आयोगका अध्यक्ष विकल केसीद्वारा आइतबार जारी विज्ञप्तिमा उनलाई संघको विधानको धारा १६ (७) (च) बमोजिम ६ महिनाका लागि साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको जनाइएको छ।

राई नेतृत्वमा गत १ भदौमा २ सय २१ सदस्यीय समानान्तर कमिटी घोषणा गरिएको थियो।

प्रकाशित: ९ भदौ २०८२ ६:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast