
काठमाडौँ- अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० शृङ्खलाअन्तर्गत आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ।
शृङ्खलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो। खेल नेपाली समयअनुसार अपराह्न ३:१५ बजे प्रारम्भ हुनेछ।
शृङ्खला सहभागी ११ टोलीमध्ये अंक तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ।
प्रकाशित: ६ भदौ २०८२ ६:२९
प्रतिक्रिया