समाजवादीको युवा संघमा किचलो, इतरपक्ष भन्छ : अमुख नेताहरूबाट धम्क्याउने काम भयो, पदको लोभ देखाइयो

हिमाल प्रेस ४ भदौ २०८२ १०:४१ | Wednesday, August 20, 2025
समाजवादीको युवा संघमा किचलो, इतरपक्ष भन्छ : अमुख नेताहरूबाट धम्क्याउने काम भयो, पदको लोभ देखाइयो

काठमाडौँ- नेकपा एकीकृत समाजवादीनिकट युवा संघमा गुटगत किचलो बढ्दो छ। रोशन थापा नेतृत्वको युवा संघलाई अवैध भन्दै इतरपक्षले समानान्तर गतिविधि फैलाएको छ।

समानान्तर गतिविधिपछि थापा नेतृत्वको कमिटीले इतर पक्षको नेतृत्व गरिरहेका सञ्जीव राईलाई स्पष्टीकरण सोधेको छ। राईले विधान विपरीत कामकारबाही गरेको भन्दै संस्थापक पक्षले कारबाहीको चेतावनी दिएको छ। यता राई नेतृत्व समानान्तर कमिटीले भने पार्टी नेताहरूबाट आफूहरूलाई प्रलोभनमा पार्ने काम भएको गुनासो गरेको छ।

राई नेतृत्वको कमिटीका महासचिव भेषराज शाहका अनुसार नेताहरूबाट आफू पक्षीय नेताहरूलाई धम्क्याउने र प्रलोभनमा पार्ने काम भएको छ। ‘युवा आन्दोलन विरोधी केही व्यक्तिबाट र त्यसबाट प्रभावित भइ अमुख नेताहरूबाट हाम्रो जिम्मेवारी नेता कमरेडहरूलाई लोभ देखाउने काम भयो,’ शाह भन्छन्,’युवाहरूलाई प्रभावित पार्ने, निराशा तुल्याउने साथै विभिन्न सञ्चार गृहमा थर्काउने काम भयो।’

राई पक्षीय एक नेताका अनुसार पार्टी नेताहरूबाटै धम्की भएको हो। ‘हाम्रो तिरका सबै पदाधिकारीलाई फोन गरेर प्रलोभन पार्ने काम भयो। तर हामी दृढ छौँ।’ ती नेता भन्छन्। थापाले युवा संघको आधिकारिक कमिटीको विस्तार गरेपछि इतरपक्ष आक्रोशित भएको हो।

यही कारण राईले पनि नयाँ कमिटी गठन गरेका छन्। थापालाई पार्टी अध्यक्ष माधवकुमार नेपाल र राईलाई सम्मानित नेता झलनाथ खनाल निकटस्थ मानिन्छ।

प्रकाशित: ४ भदौ २०८२ १०:४१ | Wednesday, August 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast