पाँचौँ खेलबाट दोस्रो जितको खोजीमा नेपाली क्रिकेट टोली

हिमाल प्रेस ४ भदौ २०८२ ७:३० | Wednesday, August 20, 2025
पाँचौँ खेलबाट दोस्रो जितको खोजीमा नेपाली क्रिकेट टोली

काठमाडौँ- अस्ट्रेलियामा जारी टप इन्ड टी२० शृंखलामा आफ्नो पाँचौ खेलमा नेपालले आज मेलबर्न रेनेगेड्ससँग खेल्दैछ ।

खेल पार्मस्टनमा नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । लगातार तीन खेल हारेको नेपालले हिजो चौथो खेलमा होबर्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हराउँदै पहिलो जीत निकालेको छ ।

टप इन्ड टी २० शृंखलामा नेपाल यसअघिका तीनवटै खेलमा पराजित भएको थियो। नेपाल पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइससँग, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो।

प्रतियोगितामा ११ वटा टोली छन्। सहभागी हरेक टोलीले लिग चरणमा छ वटा खेल खेल्नेछन्। प्रतियोगिताअन्तर्गत नेपालले पर्सि शुक्रवार पाकिस्तान साहिन्ससँग खेल्ने छ।

यो शृंखलापछि अस्ट्रेलियामै नेपालले अभ्यास खेल पनि खेल्नेछ। आईसीसी टी २० विश्वकप छनोटका तयारी स्वरूप नेपालले टप एन्ड टी २० शृंखला र अभ्यास खेल खेल्न लागेको हो।

प्रकाशित: ४ भदौ २०८२ ७:३० | Wednesday, August 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast