सत्तारुढ दलको कदम असफल पार्न विपक्षी दलहरूको आह्वान

हिमाल प्रेस ३ भदौ २०८२ १६:५८
12
SHARES
सत्तारुढ दलको कदम असफल पार्न विपक्षी दलहरूको आह्वान

काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउने तयारी थालेपछि विपक्षी दलहरूले त्यसको कडा विरोध गरेका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको नेतृत्वमा मंगलबार सिंहदरबारमा बसेको बैठकपछि पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका दलहरूको कदमलाई निरंकुश र दुरासयपूर्ण भनेका छन्।

श्रेष्ठले भने, ‘उपसभामुखलाई हटाउने प्रयोजनका लागि खाली कागजमा हस्ताक्षर अभियान चलाएको घटनाले सत्तारूढ दलहरूको निरंकुशता र दुरासयलाई नाङ्गो पारेको छ। यसले लोकतन्त्रको धज्जी उडाएको छ।’

उनले उपसभामुखको पदअनुकूल आचरणसँग सम्बन्धित नभई संवैधानिक परिषद्मा बहुमत जुटाएर आफूअनुकूल पदाधिकारी नियुक्त गर्ने तयारीस्वरूप यस्तो कदम चालिएको आरोप लगाए।

श्रेष्ठले थपे,‘देशलाई गम्भीर नकारात्मक दिशामा धकेल्ने र लोकतान्त्रिक उपलब्धि संकटमा पार्ने यस्ता कदमलाई असफल पार्न तात्कालिक स्वार्थभन्दा माथि उठेर सबै एकजुट हुन आवश्यक छ।’

बैठकले सरकारमा रहेका दलहरूको कदमको घोर भर्त्सना गर्दै उक्त प्रयासलाई असफल पार्न सम्बन्धित सबै पक्षलाई आह्वान गरेको छ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डीपी अर्याललगायत नेताहरू सहभागी थिए।

यस्तो छ श्रेष्ठको भनाइ
उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने प्रयोजनका लागि सतारुढ पार्टीहरु नेकपा (एमाले ) र नेपाली कांग्रेसले खाली कागजमा हस्ताक्षर अभियान चलाएको भन्ने घटनाले उनीहरूको निरंकुशता र दुरासयलाई नाङ्गो पारेको छ । यसले लोकतन्त्रको धज्जी उडाएको छ । यो कदम उपसभामुखको पद अनुकूल आचरण नगरेको भन्ने विषयसँग जोडिएको नभएर आफू अनुकूल संवैधानिक निकायका पदाधिकारीहरुको नियुक्तिका लागि आधार तयार पार्न संवैधानिक परिषदमा बहुमत जुटाउनका लागि चालिएको हो भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ । यो र यस्ता कदमहरुले देशलाई गम्भीर नकारात्मक दिशामा धकेलिरहेको छ र संकटग्रस्त बनाउँदैछ । दशकौ लामो बलिदानीपूर्ण संघर्षद्धारा प्राप्त लोकतान्त्रिक उपलब्धिको रक्षा गर्न चाहाने सबैले तात्कालिक निहित स्वार्थभन्दा माथि उठेर यस्तो यस प्रकारको गलत कार्यलाई असफल पार्न एकजुट हुनु पर्ने आवश्यकता छ । यस सन्दर्भमा आज प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र ) को आयोजनामा भएको संसदमा क्रियाशील प्रतिपक्षी पार्टीहरूको बैठकले सरकारमा रहेका पार्टीहरुले चालेको यस कदमको घोर भर्त्सना गर्दै यसलाई असफल पार्न सम्बन्धित सबैलाई आव्हान गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast