अस्ट्रेलियामा चौथो अभ्यास खेल खेल्दै नेपाली क्रिकेट टोली

हिमाल प्रेस ३ भदौ २०८२ ८:२१ | Tuesday, August 19, 2025
अस्ट्रेलियामा चौथो अभ्यास खेल खेल्दै नेपाली क्रिकेट टोली

काठमाडौँ- अस्ट्रेलियामा जारी टप इन्ड टी२० शृ‌ंखलाको आफ्नो चौथौ खेलमा नेपाल आज होबर्ट हुरिकेन्ससँग खेल्दैछ। खेल नेपाली समयअनुसार पार्मस्टनमा बिहान सवा ११ बजे सुरु हुनेछ।

तेस्रो खेलमा नेपाल हिजो मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो। त्यसअघि बंगलादेश ‘ए’ र आयोजक टोली नर्थन टेरिटोरी स्ट्राइकसँग नेपाल पराजित भइसकेको छ। ११ टोली सहभागी प्रतियोगितामा ११ वटा टोली छन्।

हरेक टोलीले लिग चरणमा छ खेल खेल्नेछन्। प्रतियोगिताअन्तर्गत नेपालले भोलि मेलबर्न रेनेगेड्ससँग र आउँदो शुक्रवार पाकिस्तान साहिन्ससँग खेल्ने छ।

अस्ट्रेलियामा टप इण्ड टी २० शृ‌ंखलापछि पनि नेपालले अभ्यास खेल पनि खेल्नेछ। आईसीसी टी २० विश्वकप छनोटका तयारी स्वरूप नेपाल अष्ट्रेलिया गएको हो।

प्रकाशित: ३ भदौ २०८२ ८:२१ | Tuesday, August 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast