क्रिकेटमा नेपालको लगातार दोस्रो पराजय

हिमाल प्रेस ३१ साउन २०८२ २०:५० | Saturday, August 16, 2025
क्रिकेटमा नेपालको लगातार दोस्रो पराजय

काठमाडौँ– अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एन्ड टी–२०’ सिरिजमा नेपाल बंगलादेश ‘ए’ टोलीसँग पराजित भएको छ। नेपालको यो लगातार दोस्रो हार हो। यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो।

अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदान–२ मा शनिबार भएको खेलमा नेपाल बंगलादेशसँग २९ रनले पराजित भएको हो। बंगलादेशले जितका लागि दिएको १८४ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५४ रनमा समेटियो।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ५९ रनको योगदान दिए। उनले ४७ बलमा छ चौका र एक छक्काको सहयोगमा अविजित ५९ रनको योगदान गरेका हुन्। आसिफ सेखले २४ बलमा २८ रन बनाउँदा लोकेश बमले १० बलमा तीन चौका प्रहार गर्दै १५ रन बनाए भने कप्तान रोहित पौडेलले १० रन जोडे।

बलिङतर्फ राकिबुल हसनले तीन विकेट लिए भने सेफ हसन, रिपोन मण्डल र मृत्युन्जय चौधरीले समान एक÷एक विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८३ रनको योगफल बनाएको थियो।

बंगलादेशका लागि ओपनर जिसाद आलमले सर्वाधिक ७१ रन बनाए भने अफिफ होसेनले अविजित ४८ रन बनाए। नेपालका लागि रिजन ढकालले दुई विकेट लिए भने नन्दन यादव, करण केसी र सन्दीप लामिछानेले समान एक÷एक विकेट लिए।

प्रकाशित: ३१ साउन २०८२ २०:५० | Saturday, August 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast