अस्ट्रेलियामा हुने टी २० शृंखलाका लागि क्रिकेट टोलीको घोषणा फ परे कुशल मल्ल, परेनन् अनिल साह

हिमाल प्रेस २० साउन २०८२ ७:०७
14
SHARES
अस्ट्रेलियामा हुने टी २० शृंखलाका लागि क्रिकेट टोलीको घोषणा फ परे कुशल मल्ल, परेनन् अनिल साह

काठमाडौँ- अस्ट्रेलियामा हुने टप एन्ड टी २० शृंखलाको लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो।

टोलीमा यसअघि स्कटल्यान्डमा भएको त्रिदेशीय सिरिजमा रहेका किरण ठगुन्ना, अनिल साह परेनन्। कुशल मल्लले पुनरागमन गर्दा चाटका कारण स्कटल्यान्ड भ्रमण गुमाएका सोमपाल कामी र गुलशन झाले पनि स्थान बनाएका छन्।

यस सिरिजमा ११ टोलीको सहभागिता रहनेछ । नेपालले स्ट्राइकसँग अगस्ट १५ तारिख खेल्दै सिरिजको सुरुवात गर्नेछ।

नेपाली टोली

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र ललित राजवंशी।

प्रकाशित: २० साउन २०८२ ७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast