सर्लाहीमा स्कुल बसले किचेर बालिकाको मृत्यु

हिमाल प्रेस १२ साउन २०८२ २०:४८ | Monday, July 28, 2025
सर्लाहीमा स्कुल बसले किचेर बालिकाको मृत्यु प्रतिनिधिमूलक तस्बिर।

सर्लाही- सर्लाहीको ब्रह्मपुरीमा स्कुल बसले किचेर आज (सोमबार) एक बालिकाको मृत्यु भएको छ।

ब्रह्मपुरी गाउँपालिका-७, मोहनगञ्जमा म प्र ०३–००१ क २५४२ नम्बरको स्कुल बसले किचेर सोही स्थानका रमेश महतोकी पाँच वर्षीया छोरी आशिका महतोको मृत्यु भएको हो।

ईश्वरपुर नगरपालिका-१, चौलिखामा रहेको टेमुको एकेडेमीमा अध्ययनरत छात्रा महतोलाई घर पुर्‍याउन गएको स्कुल बसले ओर्लने क्रममा किचेको प्रहरीले जनाएको छ।

घाइते बालिकाकालाई तत्काल जीवन नारायण अस्पताल बयलबास पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिए।

प्रकाशित: १२ साउन २०८२ २०:४८ | Monday, July 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast