नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला
काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचमा शक्ति सन्तुलन भएमा मात्र लोकतन्त्र फस्टाउन सक्ने बताएका छन्।
कर्मयोगी बन्द्रीविक्रम थापा स्मृति गुठीद्वारा पूर्वप्रशासक थापाको १०३औँ जन्मजयन्तीका अवसरमा आइतबार यहाँ आयोजित कार्यक्रममा नेता डा. कोइरालाले राज्यका प्रमुख अंगबीचमा शक्ति सन्तुलन प्रजातन्त्रमाथि नै चुनौती उत्पन्न हुन सक्ने धारणा राखे।
कोइरालाले अहिले मुलुकको प्रशासनमा दलीयकरण हावी भएकाले श्रद्धाभाव जगाउने खालका प्रशासक पाउन मुस्किल रहेको विचार प्रकट गरे।
प्रकाशित: ११ साउन २०८२ २०:११ | Sunday, July 27, 2025
प्रतिक्रिया




