चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ८३ वन्यजन्तु मरे

हिमाल प्रेस ८ साउन २०८२ १०:२६ | Thursday, July 24, 2025
चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ८३ वन्यजन्तु मरे

चितवन- चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ८३ वटा वन्यजन्तु मरेका छन्। जसमध्ये ४५ वटा प्राकृतिक कारणले मरेका हुन्।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार गत आवमा २८ वटा गैँडा मरेका छन्। जसमध्ये १८ वटा प्राकृतिक कारणले, जुधेर तीन, विद्युतीय करेन्टबाट एउटा, बाढी पहिरोबाट दुई र दलदलमा फसेर तीनवटा मरेका छन्। एउटाको कारण खुलेको छैन।

प्राकृतिक कारणले चितुवा एउटा, हात्ती पाँचवटा मरेका छन्। दुई हात्तीको मृत्युको कारण खुलेको छैन। एउटा बाघ जुधेर मरेको छभने अर्कोको कारण खुलेको छैन।

चित्तल १२ वटा प्राकृतिक कारणले मरेका हुन् भने सडक दुर्घटनामा दुई चितल मरेका छन्। तारजालीमा परेर एउटा र कुकुरले टोकेर १६ चित्तल मरेका हुन्।

जरायो तीन, रतुवा एउटा, घडीयाल गोही दुई, नीलगाई दुई, अजिङ्गर एक, स्याल एक, भालु एक र अन्य जनावर दुईवटा मरेका निकुञ्जले जनाएको छ।

सोही समयमा १३५ वटा जनावरको उद्धार गरिएको छ। जसमा चार गैँडा, दुई बाघ, सात चित्तल, तीन कछुवा, ३७ सर्प रहेका छन्।

त्यसैगरी, अजिङ्गर ६१, मगर गोही ११, घडीयाल गोही दुई, गिद्ध दुई, गोहोरो एउट, नील बिरालो एउटा र अन्य दुई जनावरको उद्धार गरिएको छ।

प्रकाशित: ८ साउन २०८२ १०:२६ | Thursday, July 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast