
चितवन- चितवन राष्ट्रिय निकुञ्जबाट मानवबस्ती पसेको बाघलाई नियन्त्रणमा लिइएको छ। आइतबार साँझ ७ बजे बस्तीमा पसेको बाघलाई मंगलबार दिउँसो ४ः३० बजेतिर नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार, भरतपुर महानगरपालिका–२७, बुद्धनगर झाडीमा देखिएको बाघलाई डार्ट गरेर नियन्त्रणमा लिइएको छ ।
निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको सक्रियतामा बाघलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रण्मा लिइएको बाघलाई निकुञ्जको जिम्मा लगाइएको छ । रासस
प्रकाशित: ७ साउन २०८२ ६:५६
प्रतिक्रिया