काठमाडौँ- सरकारले विपद् प्रतिकार्यमा मानवरहित हवाई उपकरण (ड्रोन) प्रयोग गर्ने भएको छ। मंगलबार गृह मन्त्रालयमा विपद् प्रतिकार्यमा मानवरहित ड्रोन प्रयोग सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मानवरहित विमान (ड्रोन) संघ/नेपाल ड्रोन संघबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
गृहमन्त्री रमेश लेखकले सम्झौताअनुसार प्राधिकरणको समन्वयमा संघले विपद् प्रतिकार्यमा ड्रोन निःशुल्क प्रयोग गर्ने जानकारी दिए। उनले कुनै ठाँउमा विपद् भए ड्रोन प्रयोग गरेर खोज र उद्दारका साथै आवश्यकताका आधारमा राहत समेत उपलव्ध गराउन सकिने बताए।
गृहमन्त्री लेखकले अहिले विपद्को प्रतिकार्य खोज, उद्दार राहतका लागि अत्याधुनिक प्रविधि प्रयोग गरिरहेको जानकारी दिए।
प्रकाशित: ६ साउन २०८२ १८:०३ | Tuesday, July 22, 2025
प्रतिक्रिया





