कांग्रेस सभापति र प्रधानमन्त्रीबाट मन्त्री हेरफेरको कुनै कुरा आएको छैन : मन्त्री पाण्डे

हिमाल प्रेस ६ साउन २०८२ १४:१२
16
SHARES
कांग्रेस सभापति र प्रधानमन्त्रीबाट मन्त्री हेरफेरको कुनै कुरा आएको छैन : मन्त्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे। फाइल तस्बिर।

चितवन- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले तत्काल मन्त्रिपरिषद् हेरफेरको नहुने बताएका छन्। आज पत्रकारसँग कुरा गर्दै उनले अहिले मन्त्री हेरफेर नभई कामलाई प्रभावकारी रूपमा अघि बढाइने बताए।

उनले भने, ‘मन्त्री हेरफेरको कुरा हल्ला हो, सत्ता साझेदार दलहरूमा यस विषयमा कुरा भएको छैन।’ हल्ला सुनेको भन्दै उनले कांग्रेस सभापति र प्रधानमन्त्रीबाट त्यस्तो कुरा नआएको बताए।

सरकार एक वर्ष अझै जाने बताउँदै उनले सत्ता गठबन्धन २०८४ सम्म रहने बताए। उनले भने,‘प्रधानमन्त्रीले तीव्रताका साथ काम गर्न निर्देशन दिनुभएको भएको छ।’

फरक प्रसंगमा बोल्दै उनले भरतपुर विमानस्थल विस्तारमा केही जटिलता रहेको बताए। उनले भने,‘सरोकारवाला पक्ष, सेनालगायतसँग हामीले छलफल गरिरहेका छौँ,यसपटक नागरिक उड्डयन प्राधिकरणको बजेटमा समावेश गरेर विस्तारको काम अघि बढ्छ।’

कोरोनापछि नेपाल आउने पर्यटक घटेकामा पछिल्ला दिनमा यो संख्या बढ्दै गएको उनले बताए।

प्रकाशित: ६ साउन २०८२ १४:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast