शिक्षा विधेयकबारे समिति बैठक अनिश्चित, मन्त्रीको तयारी पर्खिंदै

हिमाल प्रेस ६ साउन २०८२ १०:२८ | Tuesday, July 22, 2025
शिक्षा विधेयकबारे समिति बैठक अनिश्चित, मन्त्रीको तयारी पर्खिंदै

काठमाडौँ- विद्यालय शिक्षा विधेयक-२०८० टुंग्याउन प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठक अनिश्चित बनेको छ।

शिक्षा समितिका सभापति अम्मरबहादुर थापाका अनुसार शिक्षामन्त्री रघुजी पन्त बैठकका लागि कहिले तयार हुने भन्ने स्पष्ट नभएकाले समिति बैठक कहिले बस्ने भन्ने अनिश्चित रहेको छ। उनले भने,‘मन्त्री कहिले तयार भएर आउनुहुन्छ, त्यसपछि बैठक हुन्छ।’

समितिमा विचाराधीन विधेयकको विषयमा राजनीतिक सहमतिको प्रयास जारी रहेको छ। तर अस्थायी शिक्षकको व्यवस्थापन, विद्यालयको स्वायत्तता, निजी विद्यालयको नियमन, पाठ्यक्रम तथा परीक्षा प्रणाली लगायतका विषयमा अझै दलहरूबीच स्पष्ट सहमति बनेको छैन।

शिक्षा मन्त्रालयले यसअघि असार मसान्तभित्र विधेयक समितिबाट पारित गराउने तयारी गरिरहेको जनाएको थियो। स्राेतका अनुसार केही विवादित बुँदामा दलहरूबीच अनौपचारिक छलफल चलिरहेको छ।

शिक्षा विधेयक : अस्थायी शिक्षक व्यवस्थापनमा कांग्रेस-एमालेबीच मतभेद, मन्त्री पन्तको क्षमतामाथि उठ्यो प्रश्न

प्रकाशित: ६ साउन २०८२ १०:२८ | Tuesday, July 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast