भारी वर्षालाई दृष्टिगत गर्दै सवारीसाधन सञ्चालनको तालिका निर्धारण

हिमाल प्रेस ४ साउन २०८२ १९:१७ | Sunday, July 20, 2025
भारी वर्षालाई दृष्टिगत गर्दै सवारीसाधन सञ्चालनको तालिका निर्धारण फाइल तस्बिर

गण्डकी– जिल्ला प्रशासन कार्यालय कास्कीले भारी वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सिद्धार्थ राजमार्ग हुँदै स्याङ्जातर्फ जाने सवारीसाधन सञ्चालनको तालिका निर्धारण गरेको छ।

जिल्ला सुरक्षा समिति कास्कीको आइतबार बसेको बैठकले अत्यावश्यक सेवाबाहेकका लामो दूरीका सवारीसाधनलाई साँझ ४ः०० बजेपछि र छोटो दूरीका सवारीसाधनलाई साँझ ५ः०० बजेपछि कास्कीको छोरेपाटनबाट स्याङ्जातर्फ जान रोक लगाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालद्वारा जारी सूचनामा जनाइएको छ।

यस वर्षको मनसुन सक्रिय रही साउन ३ गते रातिदेखि अविरल वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागले गण्डकी प्रदेशमा थप भारी वर्षाको पूर्वानुमान गरेकाले सम्भाव्य मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि प्रशासनले सवारीसाधनको समय तालिका निर्धारण गरेको उनले बताए।

प्रकाशित: ४ साउन २०८२ १९:१७ | Sunday, July 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast