कस्तो छ आजको भाग्यफल?

हिमाल प्रेस ३२ असार २०८२ ६:२६
4
SHARES
कस्तो छ आजको भाग्यफल?

मेष

विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । ब्यापार ब्यवसायबाट लाभ मिल्नेछ। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ।

वृष
काममा लगानी बढाउने समय छ। प्रयास गर्दा रोकिएका कामहरु सफल हुनेछन्। वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ। घरायसी काममा रुची बढ्नेछ।

मिथुन
साथीभाइसँगको सम्बन्धमा सुधार आउनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ ।

कर्कट
प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । महत्वपूर्ण काम सफल हुनेछ । दाम, इनाम र प्रतिष्ठा हातलागी हुने समय छ ।

सिंह
सहयोगीहरूले राम्रो साथ दिनेछन । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।

कन्या
बिना प्रतिस्पर्धा फाइदा हुने समय छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन्।

तुला
नयाँ कामको प्रस्ताव आउनेछ । पहिलो भेटमा नै धेरैले सहयोग गर्नेछन्। मनग्य धन आर्जन हुनेछ । बिछोडिएका परिवारसँग भेट हुनेछ ।

वृश्चिक
सोचेको आटेको काममा सफलता मिल्नेछ । आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन्। आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ ।

धनु
साथीभाइ र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । काममा आमाको सहयोग प्राप्त हुनेछ ।

मकर
शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । ब्यापार ब्यवसायबाट प्रसस्त लाभ मिल्नेछ।

कुम्भ
काममा राम्रै फाइदाको योग रहेकोछ । मेहनत गरे प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सफल हुनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ ।

मीन
नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ । साथीभाइसँगको रमाइलो भेटघाटमा मन खुसी रहनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ।

प्रकाशित: ३२ असार २०८२ ६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast