विवादास्पद मन्त्रीबारे शेखर : मन्त्री क्वाटरमा घुसको ब्रिफकेस छाड्छन्, विपक्षी कर्मकाण्डी राजिनामा माग्छन्, कांग्रेस साक्षी बन्छ

हिमाल प्रेस ३१ असार २०८२ ८:३८ | Tuesday, July 15, 2025
विवादास्पद मन्त्रीबारे शेखर : मन्त्री क्वाटरमा घुसको ब्रिफकेस छाड्छन्, विपक्षी कर्मकाण्डी राजिनामा माग्छन्, कांग्रेस साक्षी बन्छ

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले घुस डिल गरेका मन्त्री बर्खास्त नपरेकोमा आक्रोश पोखेका छन्।

उनले आज बिहान सामाजिक सञ्जालमार्फत ७८ लाख घुस डिलमा मुछिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई बर्खास्त नगरेकोमा सत्तापक्ष र प्रतिपक्ष दुवैप्रति कटाक्ष प्रस्तुत गरेका छन्।

उनले लेखेका छन्‘यस्तै रहेछ यहाँको चलन! मन्त्रीक्वाटरमा बिहानै आएर बिचौलियाले घुसको ब्रिफकेस छाड्छन्! आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रिपरिषद् बैठकमा भाग लिन्छन्। सदनमा विपक्षी कर्मकाण्डी राजिनामा माग्छन् तथा गठबन्धनका सहयात्री हामी नेपाली कांग्रेस भने साक्षी किनाराका सदर भएका छौं,’ उनले लेखेका छन्।

प्रकाशित: ३१ असार २०८२ ८:३८ | Tuesday, July 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast