फाइल तस्बिर।
काठमाडौँ- बाँकेमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
बैजनाथ १ चिसापानी निवासी ४५ वर्षीया पूर्णिमा बुढालाई हात्तीले आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
स्थानीय तीन जना महिला शुक्रबार बिहान घाँस काट्न भनेर गाउँ नजिकैको बर्दिया निकुञ्जको जंगलमा गएका थिए। सोही क्रममा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
हात्तीले आक्रमण गर्न थालेपछि बुढासँगै रहेका अन्य दुई महिलाले भने भागेर ज्यान जोगाएका छन्। मृतकको शव पोष्टमार्टमका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा राखिएको छ।
प्रकाशित: २८ असार २०८२ ६:४३ | Saturday, July 12, 2025
प्रतिक्रिया




