पार्टी नेतृत्व छोड्न माधव नेपाल तयार

हिमाल प्रेस २७ असार २०८२ १७:३७ | Friday, July 11, 2025
पार्टी नेतृत्व छोड्न माधव नेपाल तयार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूमाथि मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे स्वीकार गर्न तयार रहेको बताएका छन्।

शुक्रबार काठमाडौँमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूमाथि लगाइएको मुद्दाका आधारमा कमिटीले बिदा गरे आफू विदा भएर जान तयार रहेको बताएका हुन्।

आफूमा पार्टी बनाउने आँट रहेको र विभिन्न चूनौतिको सामना गरेर अघि बढ्ने उनले बताए।

अध्यक्ष नेपालले आफूले जीवनमा एक पैसा पनि घुस नलिएको भन्दै कुनै डर नरहेको उल्लेख गरे। नेपाल सरकारको नीतिगत निर्णयमाथि अख्तियारले छानविन गर्न नपाउने व्यवस्था संविधानमा हुँदा हुँदै आफूमाथि प्रतिशोधपूर्ण ढंगले मुद्दा चलाइएको उनले बताए।

अध्यक्ष नेपालले अहिले आफूमाथि प्रतिशोध साँध्नेहरु पछि आफूले खनेको खाल्डोमा आफैँ पनि पर्न सक्ने जिकिर गरे।

प्रकाशित: २७ असार २०८२ १७:३७ | Friday, July 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast