सहरमा आजः असारको अन्तिम साता कुनकुन नाटक र फिल्म चलिरहेको छ?

हिमाल प्रेस २८ असार २०८२ ८:२९
22
SHARES
सहरमा आजः असारको अन्तिम साता कुनकुन नाटक र फिल्म चलिरहेको छ?

काठमाडौँ- आज असारको अन्तिम शनिबार। केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरुको विवरण संकलन गर्दै आइरहेका छौँ। जो फुर्सदमा हुनुहुन्छ उहाँहरुको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ। यो साता पुस्तक विमोचन, नाटक मञ्चनदेखि केही विदेशी फिल्म हलमा लागेको छ।

हेरौं, उपत्यकामा केके हुँदैछ?

मण्डलामा ‘चन्द्रलाई कसले मार्‍यो’
नाटक ‘चन्द्रलाई कसले मार्‍यो’ असार २५ देखि मण्डला थिएटरमा मञ्चन भइरहेको छ। नाटक लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका मानिसहरूले परिवार, समाज र साथीभाईसँग पहिचानको लागि गर्नुपरिरहेको संघर्षको कथामा आधारित छ। नाटकका परिकल्पनाकार, लेखक र निर्देशक सन्दिप श्रेष्ठ हुन्। उनी नै नाटकको भुख्य भूमिकामा छन्। अन्य कलाकारमा सीता देवि तिमल्सेना, मिलन कार्की, मौसम खड्का, तेन्जु योञ्जन, भावना उप्रेती, पृतिशा अधिकारी र किरण चापागाईंको अभिनय गरेका छन्। नाटक आगामी साउन १८ सम्म सोमबारबाहेक साताको प्रत्येक दिन साँझ ५ः३० बजे र शनिबार दिउँसो १ः३० बजे मञ्चन हुनेछ।

कौसी थिएटर (कथा घेरा) मा ‘सिक रूम’
टेकुस्थित कौशी थिएटरमा असार ६ देखि नाटक ‘सिक रूम’ मञ्चन भइरहेको छ। नाटक मञ्चनको आज अन्तिम दिन हो।

आकांक्षा कार्कीको निर्देशनमा बनेको नाटक राजिव जोसेफको नाटक ग्रुसम प्लेग्राउन्ड इन्जरिजको नेपाली रूपान्तरण हो। नाटक निर्देशक कार्कीले नै रूपान्तरण गरेकी हुन्। निर्देशक कार्कीसहित नाटकमा नूर खनाल, अभिषेक खड्का, आकांक्षा कार्की र सुदाम सिकेको अभिनय छ। नाटकको आज दुई सो हुँदैछ। दिउँसो १ बजे र साँझ ५ः १५ बजे।

मण्डला थिएटरमा ‘हराएको कुकुर’
थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘हराएको कुकुर’ को आजदेखि मञ्चन सुरू हुँदैछ। नाटक मणि कुलुङ राईको कथा र निर्देशनमा बनेको छ। रविन तामाङको नाट्य रूपान्तरण रहेको नाटकलाई राज्यद्वारा हराइएको सत्यको प्रतीकको रूपमा लिइएको छ। नाटकमार्फत राज्य संरचनामा भइरहेको अन्याय, अनुसन्धान प्रणालीको पक्षपात र नागरिक आवाजमाथिको दमनलाई उजागर गर्ने प्रयास गरेको छ।

आगामी साउन ४ सम्म मञ्चन हुने नाटकको आज दिउँसो १२ बजे र ४ बजेको दुई सो हुँदैछ। नाटकमा किरण नेपाली, स्मृती कल्मर, रेज्मी राई, इन्द्रेणी कुलुङ, रमा कुलुङ, अबिनास डि एम, मिना श्रेष्ठ, मनि कुलुङ र सुनिल वाहिङ राईले अभिनय गरेका छन्।

हलमा नेपाली, हिन्दी र अंगे्रजी गरी ११ फिल्म
कुन कुन फिल्म?

यो मन त मेरो नेपाली हो
असार २७ देखि हलमा फिल्म ‘यो मन त मेरो नेपाली हो’ प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक मित्र प्रधान (नर) हुन्। देशभक्तिमा आधारित फिल्ममा पुस्तौंपुस्तासम्म नेपाली भाषा, कला, संस्कृति बचाइराख्नुपर्ने सन्देश दिएको छ। फिल्मको कथा शिवम् अधिकारीले लेखेका हुन्।
फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सनविक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार लगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाजअन्तर्गत सिभिल मल र सिटी स्क्वायर मलमा फिल्मको २ सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमाज, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, सिटी सिनेमाज, सिके सिनेमाजमा फिल्म ‘यो मन त मेरो नेपाली हो’ चलिरहेको छ।

सुपरम्यान
हलिउड फिल्म ‘सुपरम्यान’ यही असार २७ देखि नेपालमा प्रर्दशन भइरहेको छ। एक्सन एडभेञ्चर र फेस्टासी जनरामा बनेको फिल्मका निर्देशक जेम्स गन हुन्। फिल्ममा डेभिड कोरेनस्वेट, राहेल ब्रोस्नाहान, इसाबेला मर्सिङ, नाथन फिलियन, एलन टुडिकलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, सिटी स्क्वायर मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, सिभिल मल, लबिम मल र दरबार सिनेम्याक्समा फिल्मको ३० सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, सिटी सिनेमाज, विश्वज्योति हल, सिके सिनेमाजमा फिल्म ‘सुपरम्यान’ चलिरहेको छ।

मालिक
बलिउड फिल्म ‘मालिक’ असार २७ देखि नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन, क्राइम, ड्रामा थ्रिलर जनरामा बनेको फिल्मका निर्देशक पुल्की हुन्। राजकुमार राव मुख्य भूमिकामा रहेको फिल्ममा स्वानन्द किरकिरे, हुमा केरेसीलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, लबिम मल, सिभिल मल, सिटी स्क्वायर मल, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर र छाया सेन्टरमा फिल्मको १५ सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, सिटी सिनेमाज, विश्वज्योति हल, सिके सिनेमाजमा फिल्म प्रदर्शन भइरहेको छ।

जुरासिस वल्र्ड : रिवर्थ

हलिउड फिल्म ‘जुरासिस वल्र्ड : रिवर्थ’ नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन एडभेञ्चर, साइन्स फिक्सन र थ्लिर जनराको समीश्रणमा बनेको छ। ग्यारेथ एडवडर््स निर्देशित फिल्ममा स्कारलेट जोहानसन, रूपर्ट फ्रेन्ड, जोनाथन बेलीलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, लबिम मल, सिभिल मल, दरबार सिनेम्याक्स र सिटी स्क्वायर मलमा फिल्मको १३ सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, एफक्युब सिनेमाज, बिग मुभिजमा फिल्मको सो छ।

मेट्रो इन डिनो

बलिउड फिल्म ‘मेट्रो एन डिनो’ असार २० देखि नेपालमा प्रदर्शन भइरहेको छ। रोमान्स र ड्रामा जनरामा बनेको फिल्म अनुराग बासुले निर्देशन गरेका हुन्। पंकज त्रिपाठी, आदित्य रोय कपूर, सारा अलि खान, अनुपम खेर, अलि फजललगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, लबिम मल, सिभिल मल, दरबार सिनेम्याक्स र सिटी स्क्वायर मलमा फिल्मको १२ सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल, एफक्युब सिनेमाज, बिएसआर मुभिज, सिके सिनेमाज, बिग मुभिज, सिटी सिनेमाज, विश्वज्योति हलमा फिल्म ‘मेट्रो इन डिगो’ चलिरहेको छ।

एफ १ः द मुभि
हलिउड फिल्म ‘एफ १ः द मुभि’ यही असार १३ देखि नेपालमा प्रदर्शन भइरहेको छ। ड्रामा जनरामा बनेको फिल्मका निर्देशक जोसेफ कोसिन्स्की हुन्। फिल्ममा ब्राड पिट जेभियर बार्डेम, ड्यामसन इद्रिसलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, लबिम मल, सिभिल मल र दरबार सिनेम्याक्समा फिल्मको ७ सो छ। आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल, एफक्युब सिनेमाज, बिग मुभिजमा फिल्म चलिरहेको छ।

मा
बलिउड फिल्म ‘मा’ असार १३ देखि नेपालमा प्रदर्शन भइरहेको छ। हरर जनरामा बनेको फिल्ममा काजोल, रोनित रोय इन्द्रनिल सेनगुप्तालगायत कलाकारको अभिनय छ। फिल्मका निर्देशक विशाल फरिया हुन्। शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाजअन्तर्गत छाया सेन्टर, बिग मुभिज, बिएसआर मुभिज, विश्वज्योति हलमा फिल्म ‘मा’ चलिरहेको छ।

सितारे जमीन पर
बलिउड फिल्म ‘सितारे जमीन पर’ यही असार १३ देखि नेपालमा प्रदर्शन भइरहेको छ। कमेडी र ड्रामा जनरामा बनेको फिल्मका निर्देशक आर.एस. प्रसन्न हुन्। फिल्ममा आमिर खान, जेनेलिया देशमुख, बृजेन्द्र कालालगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिभिल मल, दरबार सिनेम्याक्स, लबिम मल र सिटी स्क्वायर मलमा फिल्मको १२ सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, एफक्युब सिनेमाज, बिग मुभिज, सिके सिनेमाज, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, विश्वज्योति हल, सिटी सिनेमाजमा फिल्म चलिरहेको छ।

ऊनको स्वीटर
वैशाख २६ देखि हलमा फिल्म ‘ऊनको स्वीटर’ प्रदर्शन भइरहेको छ। फिल्म नवीन चौहानको लेखन र निर्देशनमा बनेको छ। यो उनको डेब्यु फिचर फिल्म हो। फिल्मले १० करोडभन्दा माथिको व्यापार गरिसकेको छ। प्रेम कथामा आधारित फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स पारस, सुनिल पोखरेल, विल्सन विक्रम राई, माओत्से गुरुङ, सुरज तमूलगायत कलाकारकोअभिनय छ।

शनिबार उपत्यकाको एफक्युब सिनेमाजमा फिल्मको सो छ।

प्रकाशित: २८ असार २०८२ ८:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast