काठमाडौँको तीनथानामा मोटरसाइकल दुर्घटना

हिमाल प्रेस २७ असार २०८२ ८:४२
14
SHARES
काठमाडौँको तीनथानामा मोटरसाइकल दुर्घटना

काठमाडौँ- काठमाडौँको तीनथानामा शुक्रबार बिहान मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बिहान करिब ३:४० बजे थानकोटबाट कलंकीतर्फ आउँदै गरेको बा ८५ प ४८२२ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएपछि अनियन्त्रित भई विपरीत दिशाबाट आइरहेको बा प्र. ०२-०४२ प ९८२२ नम्बरको स्कुटरसँग ठोक्किएको हो।

दुर्घटनामा मोटरसाइकल चालक चन्द्रागिरी नगरपालिका-४, थानकोटका अन्दाजी ३४ वर्षीय रोशन ढकाल गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा पुर्‍याइएको थियो। अस्पतालमा बिहान ४ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

सोही दुर्घटनामा स्कुटरमा सवार धादिङको धुनिवेशी नगरपालिका-९ का २५ वर्षीय विवेक केसी घाइते भएका छन्। उनको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: २७ असार २०८२ ८:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast