पोखरामा महिलाको सुनको सिक्री लुटेर फरार यी दुई तीन महिनापछि काठमाडौँमा पक्राउ

हिमाल प्रेस २७ असार २०८२ ५:४२
52
SHARES
पोखरामा महिलाको सुनको सिक्री लुटेर फरार यी दुई तीन महिनापछि काठमाडौँमा पक्राउ

पोखरा- पोखरामा बसमा सवार एक जना महिलाको सुनको सिक्री लुटेर फरार दुई जना युवकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। गत चैतमा भएको उक्त घटनाको ३ महिनापछि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँको सहयोगमा दुई युवकलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा काभ्रेको बेथानथोक ६ घर भई हाल काठमाडौँको गोकर्णेश्वर ४ बस्ने २८ वर्षीय अञ्जन तामाङ र सोही ठाउँका ३२ वर्षीय सुरेश तामाङ हुन्।

गएको २९ चैतमा पोखराको अमरसिंह चोकदेखि लेखनाथतर्फ जाँदै गरेको बसमा एकजना महिलाले घाँटीमा लगाएको २ तोलाको सुनको सिक्री पोखरा–१०, शिवचोक पुग्दा बसमै सवार दुई युवकले लुटपाट गरी फरार भएका थिए।

सो लुटपाटपछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट प्रहरी परिचालन भएको थियो। प्रहरीले काठमाडौँ प्रहरीको सहयोगमा २५ असारमा गोकर्णेश्वर ४ बाट पक्राउ गर्न सफल भएको हो।

उनीहरूलाई पोखरा ल्याई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी मुद्दामा ६ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अविनासदीप जिसीले जनाए।

प्रकाशित: २७ असार २०८२ ५:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast