युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

हिमाल प्रेस २१ असार २०८२ १६:२८
12
SHARES
युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड फाइल तस्बिर

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युवाहरुलाई साथमा लिएर अघि बढ्ने बताएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पर्सा–काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले माओवादीले क्रान्तिको झण्डा उठाउँदा युवाहरु र संगीतले महत्वपूर्ण भूमिका खेलेको भन्दै अब पनि युवाहरुलाई साथमा लिएर अघि बढ्ने बताएका हुन्।

भूमिगत रुपमा क्रान्तिको तयारी गर्दा भाषण, दर्शन र सिद्धान्तले भन्दा गीत र संगीतबाट जनतालाई उत्साहित गर्न सफल भएको उनले स्मरण गरे। प्रचण्डले आगामी निर्वाचनको लडाइँमा पनि संगीतको भूमिका निर्णायक हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा कलाकार बाबा पाख्रिन लगायतलाई प्रचण्डले माओवादी प्रवेश गराएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast