
काठमाडौँ- एसीसी पुरुष यू १६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताअन्तर्गत सिंगापुरसँगको फाइनल खेलमा नेपालले टस हारेको छ।
मलेसियाको बांगीमा सिंगापुरले टस जितेर केही बेरमा ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्दैछ।
नेपालले सेमिफाइनलमा घरेलु टोली मलेसियालाई नौ विकेट र सिंगापुरले हङकङलाई चार विकेटले हराउँदै फाइनलमा पुगेको हो । नेपाल र सिंगापुर एउटै समूह ‘ए’ मा थिए।
समूह चरणको खेलमा नेपालले सिंगापुरलाई छ विकेटले हराएको थियो। यो समूहबाट नेपाल शीर्ष र सिंगापुर दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका थिए। नेपाल १६ वर्षमुनीको इस्ट जोन कप क्रिकेटको साविक विजेता टोली हो। समयमा रोकिएको थियो।
प्रकाशित: २१ असार २०८२ ७:४३
प्रतिक्रिया