
काठमाडौँ- भारत र इंग्ल्यान्डबीच जारी दोस्रो टेस्ट क्रिकेटमा भारतीय कप्तान सुभमन गिलले दोहोरो सतक बनाएर कीर्तिमान बनाएका छन्। गिल इंग्ल्यान्डमा टेस्ट म्याचमा दोहोरो शतक बनाउने पहिलो भारतीय र एसियाई कप्तान बनेका छन्।
दोस्रो टेस्टको पहिलो इनिङमा २६९ रन बनाएर आउट भए।
उनले आफ्नो टेस्ट जीवनमा पहिलोपटक दोहोरो शतक बनाएका हुन्। गिलले इंग्ल्यान्डविरूद्ध पहिलो इनिङमा कप्तानका रूपमा आफ्नो डब्यू मैचमा १४७ रन बनाएर शतकीय इनिङ खेलेका थिए।
उनले यो म्याचअघिसम्म ३४ टेस्टमा ६२ इनिङ खेलेर ६१.२० को स्ट्राइक रेटले २ हजार ३०६ रन बनाएका छन्।
प्रकाशित: १९ असार २०८२ २०:५८
प्रतिक्रिया