‘निजामती विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा छेडखानी गरेर विश्वासघात गरियो’

हिमाल प्रेस १७ असार २०८२ २०:३४
34
SHARES
‘निजामती विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा छेडखानी गरेर विश्वासघात गरियो’ कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महत। फाइल तस्बिर

काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेसले निजामती विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा छेडखानी गरेर विश्वासघात गरेको जनाएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको छेडखानी क्षम्य नहुने बताएका हुन्।

राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मतिले पारित भएको विधेयकमा पदीय दुरुपयोग गर्नेलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने उनले बताए। माथिल्लो सदनमा विधेयक पारित गर्न बाँकी रहेकाले यसअघि भएका सहमतिअनुसार नै कार्यान्वयन हुनुपर्ने उनले बताए।

सरकारमा नेपाली कांग्रेसको प्रभावकारी उपस्थितिसँगै गठबन्धनको विकल्प नभएको उनले बताए। पार्टीबाट सरकारमा रहेका मन्त्रीहरूको काम सन्तोषजनक नभएको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखेको उनले जानकारी दिए।

संसद् भित्र र बाहिर रहेका पार्टीका जिम्मेवार नेताहरूले नै अनुशासनभन्दा बाहिर गएर पार्टीको विपक्षमा अभिव्यक्ति दिने गरेको विषयमा पनि केन्द्रीय सदस्यहरूले ध्यानाकर्षण गराएको उनले बताए। केन्द्रीय समितिको बैठक बुधबार पनि जारी रहने उनको भनाइ छ।

प्रकाशित: १७ असार २०८२ २०:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast