तिम्ल्याहाले घरमै पाए नागरिकता

हिमाल प्रेस १७ असार २०८२ १७:४३
26
SHARES
तिम्ल्याहाले घरमै पाए नागरिकता

झापा- बिर्तामोड नगरपालिका-५ मा बहुअपांगता भएका तिम्ल्याहा दिदीबहिनीले घरमै नागरिकता र अपांगताको प्रमाणपत्र प्राप्त गरेका छन्। नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले उनीहरूलाई घरमै पुगेर अपांगतासम्बन्धी ‘क’ वर्गको रातो कार्ड प्रदान गरिएको बताए।

तिम्ल्याहा दिदीबहिनी १७ वर्षीया आकृति लिम्बू, इक्सा लिम्बू र इन्तुसा लिम्बूले घरमै उक्त सेवा पाएका हुन्। उनीहरूमध्ये इन्तुसा ओछ्यानबाट आफैँ उठ्नसमेत नसक्ने अवस्थामा छिन्।

आमा मनकुमारी शेर्माले आफ्ना चार छोरी रहेका र उनीहरूको आफैँले स्याहारसुसार गरिरहेको बताइन्। ‘एकै पटक तीन सन्तान जन्मिदा खुसीको सीमा थिएन,’ उनी भन्छिन्, ‘तर के गनु, दुई छोरी उठ्न बस्न सक्छन्, एउटी सधैँभरी ओछ्यानमै हुन्छिन्।’

रातो कार्ड कार्ड प्राप्त गरेसँगै उनीहरूले सरकारले प्रदान गर्दै आएको ‘क’ वर्गको अपांगता भत्तासमेत पाउने नगरउपप्रमुख सङ्ग्रौलाले बताए।

प्रकाशित: १७ असार २०८२ १७:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast