बाल विकासलाई विद्यालय संरचनामा राख्दा आर्थिक भार बढ्छ भन्ने सांसदलाई थापाको प्रश्न- तपाईँहरूले भ्रष्टाचार गर्दा घट्छ?

हिमाल प्रेस १७ असार २०८२ १७:१३
2.3k
SHARES
बाल विकासलाई विद्यालय संरचनामा राख्दा आर्थिक भार बढ्छ भन्ने सांसदलाई थापाको प्रश्न- तपाईँहरूले भ्रष्टाचार गर्दा घट्छ?

काठमाडौँ- विद्यालय शिक्षा विधेयक-२०८० माथिको छलफलका क्रममा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा केही सांसदहरूले बाल विकास कक्षालाई विद्यालय संरचनामा समावेश गर्दा राज्यलाई आर्थिक भार पर्ने टिप्पणीप्रति नेपाल बाल विकास शिक्षक केन्द्रीय संघर्ष समिति अध्यक्ष कृष्ण कुमारी थापा मगरले सरकार र सांसदहरूप्रति आक्रोश व्यक्त गरेकी छिन्।

‘बाल विकास केन्द्रलाई विद्यालय संरचनामा राख्दा र त्यसमा कार्यरत शिक्षकलाई दरबन्दी दिँदा देशलाई आर्थिक भार बढ्ने भए तपाईँहरूले भ्रष्टाचार गर्दा आर्थिक भार घटेर आउँछ?’ थापाले प्रश्न गरिन्, ‘ईसीडीलाई विद्यालयको संरचनाभित्र राखेर दरबन्दीको व्यवस्था गर्न नसक्ने सरकारको कमजोर हो कि ईसीडी शिक्षकको?’

उनले विद्यालय शिक्षा ऐन तयार गर्दा बाल विकास शिक्षकलगायत कर्मचारी, अस्थायी प्रकृतिका शिक्षक, बढुवा, सरुवा तथा नेपाल शिक्षक महासंघसँग भएका सहमतिअनुसारको व्यवस्था समावेश गर्न माग गरिन्।

‘हामीलाई संरचनामा समावेश नगरी गरिने विकासको नाराले शिक्षामा समानता र गुणस्तर सम्भव छैन,’ उनले भनिन्। थापाले बाल विकास शिक्षकमाथि लामो समयदेखि अन्याय हुँदै आएको भन्दै संसद्बाटै ठोस नीति र ऐनको माग गरिन्।

हाल समितिमा विद्यालय शिक्षा विधेयक-२०८० माथि छलफल जारी छ। बाल विकास कक्षालाई विद्यालय संरचनामा समावेश गर्ने विषयमा सांसदहरूबीच मतभेद देखिएको छ।

शिक्षा विधेयक : बाल विकास सहजकर्तालाई ‘शिक्षक’ भन्ने कल्पना नै नगरौं : सांसद हजारा

ईसीडीविरुद्ध बोलेका हजारालाई विद्या भट्टराईले समिति बैठकमै झपारिन्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast