काभ्रेमा लेदोले बगाउँदा घर पूर्ण रूपमा पुरियो

हिमाल प्रेस १४ कार्तिक २०८३ १२:१४ | Saturday, October 31, 2026
10
SHARES
काभ्रेमा लेदोले बगाउँदा घर पूर्ण रूपमा पुरियो घरमाथि पहिरो। प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ– वर्षाका कारण काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ खहरे खोलामा ग्राभेलसहितको लेदो माटो बग्दा एक घर पूर्ण रूपमा पुरिएको छ भने अन्य दुई घरमा लेदो माटोसहितको पानी पसेको छ।

वर्षाका कारण स्थानीय शेरबहादुर तामाङको ढुङ्गा माटोले बनेको जस्ताको छाना भएको एकतले घर पूर्ण रूपमा पुरिएको छ। घरको जस्तापाता मात्र देखिने अवस्थामा रहेको प्रहरीले जनाएको छ। त्यस्तै, उनको घरनजिकै रहेको तीनतले घरमा लेदो माटोसहितको पानी पसेको छ।

सोही स्थानका हर्कबहादुर तामाङको तीनतले घरमा समेत लेदो माटोसहितको पानी पसेको छ भने घरनजिकै रहेको जस्तापाता र काठले बनेको गोठ पूर्ण रूपमा क्षति भएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी खोपासीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले दुवै परिवारका १६ जना सदस्यलाई सुरक्षित स्थानमा रहेका आफन्तको घरमा स्थानान्तरण गरेको छ ।

प्रकाशित: १४ कार्तिक २०८३ १२:१४ | Saturday, October 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast