काठमाडौँ- अनामनगरस्थित धोबीखोला करिडोरमा रहेको साततले घरमा डोजर चलेको छ। सरकारी टोलीले घरको अगाडिको भागमा डोजर चलाउँदै पाँचौँ तल्लासम्म क्षति पुर्याएको छ।
घर भत्काउन दुईवटा डोजर परिचालन गरिए पनि पूरै संरचना ढालिएको छैन। घरको अगाडिको भागले सरकारी जग्गा अतिक्रमण गरेको दाबी गर्दै भत्काउने काम अघि बढाइएको हो।
घरधनी इन्द्र चाम्लिङले भने आफ्नो स्वामित्वमा रहेको जग्गा भएको प्रमाण देखाउँदै विरोध जनाएका थिए। उनले जग्गाको लालपूर्जा, नक्सापास र अदालतको आदेश घरको भित्तामै टाँसेका थिए।
लगातार सार्वजनिक बिदा परेकाले अदालतबाट अन्तरिम आदेश ल्याउन नसकेको उनले बताएका छन्। यसअघि पनि यस्तै विवादमा अदालत पुगेको र अदालतले उक्त जग्गा निजी भएको ठहर गरिदिएको उनको दाबी छ।
डोजर चलेपछि घरको अगाडिको भाग भत्किएको, भित्तामा टाँसिएका कागजातहरू च्यातिएको र स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीबीचको चहलपहलले घटनास्थल फोटो खिच्न पुगेकाहरूका लागि आकर्षक दृश्य बनेको थियो।
तस्बिरहरू





