
काठमाडौँ- पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि कुशल भुर्तेलसहित सात खेलाडीलाई रिटेन गरेको छ।
उनलाई मार्की खेलाडीको रूपमा रिटेन गरेको पोखराले जनाएको छ। पोखराले कुशलसहित आकाश चन्द, तृतराज दास, विपिन खत्री, किरण ठगुन्ना, दिनेश खरेल र सागर ढकाललाई पनि टोलीमै राख्ने निर्णय गरेको छ।
यसैगरी टोलीले पोखराले पहिलो संस्करणमा खेलेका दिलिप नाथ, नारायण जोशी, सुनम गौतम, अमृत गुरुङ र सुदिप अर्याललाई रिलिज गरेको छ।
प्रकाशित: १६ असार २०८२ ७:१४
प्रतिक्रिया