राष्ट्रिय क्रिकेट टोली अभ्यास गर्न अस्ट्रेलिया जाँदै

हिमाल प्रेस १३ असार २०८२ १६:२८ | Friday, June 27, 2025
राष्ट्रिय क्रिकेट टोली अभ्यास गर्न अस्ट्रेलिया जाँदै तस्बिर : क्यान

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी पुरुष टी–२० विश्वकप एसिया छनोटअघि अस्ट्रेलियामा अभ्यास खेल खेल्ने भएको छ। विश्वकप एसिया छनोटको तयारीस्वरूप राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलिया पुगेर अभ्यास गर्न लागेको हो।

नेपाल क्रिकेट संघ (क्यान) ले अगस्त १४ देखि २४ सम्म डार्बिनमा हुने टप एन्ड टी–२० शृंखलामा नेपाली टोलीको सहभागिता रहने जनाएको छ।

नेपालले डीएक्सी एरिना, टीआईओ रंगशाला र काजालीको एरिनामा ६ वटा टी–२० खेल खेल्ने क्यानले बताएको छ।

नेपालले सहभागिता जनाउने टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोट आगामी अक्टोबरमा ओमानमा हुँदैछ।

त्यसअघि नेपालले वेस्टइन्डिजसँग तीन खेलको टी–२० शृंखला खेल्ने तय भएको छ।

प्रकाशित: १३ असार २०८२ १६:२८ | Friday, June 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast