सुनचाँदी व्यवसायी फेरि आन्दोलित

हिमाल प्रेस १३ असार २०८२ १६:१३ | Friday, June 27, 2025
सुनचाँदी व्यवसायी फेरि आन्दोलित

काठमाडौँ– सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरुले पुनः आन्दोलन सुरु गरेका छन्।

सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यो व्यवसाय थप संकटमा परेको भन्दै फिर्ता लिन माग गर्दै उनीहरुले पसल बन्द परेर पुन: सडक आन्दोलन सुरु गरेका हुन्।

निरन्तर आन्दोलनमा रहेका व्यवसायीहरुले यसअघि केहि दिन सडक प्रदर्शन स्थगित गरेका थिए। तर आफूहरुको मागमा सरकार गम्भीर नभएको भन्दै नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले पुनः सडक आन्दोलन सुरु गर्दै काठमाडौँको न्युरोड क्षेत्रमा प्रदर्शन गरेका हुन्।

बजेटमा अव्यवहारिक र अनावश्यक रुपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरुको भनाइ छ। सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर र हिरामा लागू गर्न खोजिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज हुनुपर्ने समेत संघर्ष समितिका संयोजक विपेन्द्र रामुदामुले बताए।

व्यवसायीहरुले सुनमा लगायतको कोटा प्रणााली खारेज गर्न समेत माग गरेका छन्। उक्त करको व्यवस्था लागू गर्दा आफूहरुको व्यवसाय धरासयी हुने व्यवसायीहरुको भनाइ छ।

प्रकाशित: १३ असार २०८२ १६:१३ | Friday, June 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast