राष्ट्रपतिसमक्ष दक्षिण अफ्रिकी राजदूत अनिल सुकलालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

हिमाल प्रेस १० असार २०८२ १६:४४ | Tuesday, June 24, 2025
राष्ट्रपतिसमक्ष दक्षिण अफ्रिकी राजदूत अनिल सुकलालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ- नेपालका लागि दक्षिण अफ्रिका गणतन्त्रात्मक राज्यका राजदूत प्राध्यापक अनिल सुकलालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष औपचारिक रूपमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

शीतल निवासस्थित राष्ट्रपति भवन परिसरमा आयोजित एक विशेष समारोहमा राजदूत सुकलालले प्रमाणपत्र प्रस्तुत गरेका हुन्। कार्यक्रममा सुकलालले दक्षिण अफ्रिकाका राष्ट्रपतिको तर्फबाट राष्ट्रपति पौडेललाई शुभकामना सन्देश पनि व्यक्त गरे।

उक्त अवसरमा नेपाल सरकारका तर्फबाट दक्षिण अफ्रिकाका लागि मानार्थ वाणिज्यदूत प्रदीप कुमार श्रेष्ठ र दक्षिण अफ्रिकी कूटनीतिक नियोगका प्रथम सचिव पिटरको पनि उपस्थिति रहेको थियो।

यस औपचारिक समारोहले नेपाल–दक्षिण अफ्रिका सम्बन्धमा कूटनीतिक गहिरो सहकार्य, आपसी समझदारी र मित्रवत् सम्बन्धलाई थप सुदृढ गर्ने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित: १० असार २०८२ १६:४४ | Tuesday, June 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast