काठमाडौँ- जापानले एसीसी यू १६ इस्ट जोन कपमा नेपालसामु ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कोजल टुन्कु जाफर ओभलमा टस जितेर ब्याटिङ रोजेको जापान ३४.३ ओभरमा ८० रनमै समेटियो। जापानका लागि कप्तान चार्ली हाराहिन्जेले ३६ र गबी हाराहिन्जेले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालका लागि सुभम खनालले १० ओभरमा १५ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए। यसैगरी अभय यादवले दुई तथा सुशीलबहादुर रावल र कप्तान विपिनप्रसाद शर्माले समान एक विकेट लिए।
प्रकाशित: १० असार २०८२ १०:१९ | Tuesday, June 24, 2025
प्रतिक्रिया





