सुभमले ५ विकेट लिँदा ८० रनमा रोकियो जापान

हिमाल प्रेस १० असार २०८२ १०:१९
10
SHARES
सुभमले ५ विकेट लिँदा ८० रनमा रोकियो जापान

काठमाडौँ- जापानले एसीसी यू १६ इस्ट जोन कपमा नेपालसामु ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कोजल टुन्कु जाफर ओभलमा टस जितेर ब्याटिङ रोजेको जापान ३४.३ ओभरमा ८० रनमै समेटियो। जापानका लागि कप्तान चार्ली हाराहिन्जेले ३६ र गबी हाराहिन्जेले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका लागि सुभम खनालले १० ओभरमा १५ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए। यसैगरी अभय यादवले दुई तथा सुशीलबहादुर रावल र कप्तान विपिनप्रसाद शर्माले समान एक विकेट लिए।

प्रकाशित: १० असार २०८२ १०:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast