यू १६ जोन क्रिकेट कप : जापानविरुद्ध मैदान उत्रदै नेपाली टोली

हिमाल प्रेस १० असार २०८२ ६:३५ | Tuesday, June 24, 2025
यू १६ जोन क्रिकेट कप : जापानविरुद्ध मैदान उत्रदै नेपाली टोली

काठमाडौँ- नेपाली पुरुष अन्डर १६ क्रिकेट टोलीले आज मलेसियामा जारी एसीसी इस्ट जोन कप एक दिवसीय क्रिकेटमा जापानविरुद्ध भिड्दैछ। मलेसियाको क्लालालाम्पुरस्थित कोलेज टुआङ्कु जाफर ओभल मैदानमा हुने खेल बिहान पौने ८ बजे सुरु हुनेछ।

पहिलो खेलमा सिगांपुरलाई ६ विकेटले पराजित गरेको नेपाली युवा टोली लगातार दोस्रो जित निकाल्ने योजनामा छ।

जापानले पहिलो खेलमा भुटानमाथि २ सय १५ रनको फराकिलो जित हात पारेको थियो।

समूह चरणमा पहिलो जित निकालेका जापान र नेपाल शीर्ष र दोस्रो स्थानमा छन्। समान ३ अंक भएपनि जापान नेट रनरेटमा अघि रहँदै शीर्ष स्थानमा रहेको हो। नेपाल दोस्रो स्थानमा छ।

पहिलो खेलमा हार भोगेका सिंगापुर र भुटान तेस्रो र चौथो स्थानमा छन्।

समूह ए मै रहेको इन्डोनेसिया भने आज सिंगापुरविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ। इन्डोनेसिया प्रतियोगितामा सुखद सुरुवात गर्न चाहान्छ। यता सिंगापुर दोस्रो खेलमा पहिलो जितको स्वाद लिन आतुर छ।

प्रतियोगितामा सहभागी नेपालसहित १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा नेपालसँगै सिंगापुर, इन्डोनेसिया, भुटान र जापान रहेका छन्।

समूह बी मा आयोजक मलेसियासहित हङकङ, मालदिभ्स, थाइल्याण्ड र म्यानमार छन्।
प्रतियोगिताको तेस्रो खेलमा नेपालले आगामी आइतबार इन्डोनेसियाविरुद्ध खेल्ने तालिका छ। समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध १ जुलाइमा खेल्ने तालिका छ।

समूह को शीर्ष र दोस्रो स्थानमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

प्रकाशित: १० असार २०८२ ६:३५ | Tuesday, June 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast