कप्तान विपिनले घातक बलिङ गर्दा नेपालसँग सिंगापुर १३८ रनमा ‘अलआउट’

हिमाल प्रेस ८ असार २०८२ १०:१७ | Sunday, June 22, 2025
कप्तान विपिनले घातक बलिङ गर्दा नेपालसँग सिंगापुर १३८ रनमा ‘अलआउट’

काठमाडौँ- एसीसी १६ वर्षमुनिको इस्ट जोन कपको उद्घाटन खेलमा नेपाली टोलीले सिंगापुरलाई १३८ रनमा अलआउट गरेको छ।

मलेसियाको युकेएम ओभलमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको सिगांपुरले ३६.१ ओभरमा सबै विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो ।

सिंगापुरका लागि कप्तान रियन नायक ५३ बलमा ९ चौकाको सहयोगमा ५३ रन जोड्दै आउट भए। ओपनर आहान भुधानभाम ३३ बलमा ३८ तथा अर्का ओपनर रोशन अरुन ११ रनमा आउट भए।

नेपालका लागि कप्तान विपिन शर्माले ४, सचिन भट्टले ३ तथा शुभम खनाल र अभय यादवले समान १ विकेट लिए।

गत महिना सुर्खेतमा सम्पन्न टिबी साह मेमोरियल यु १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको आधारमा टोली गरिएको हो।

प्रतियोगितामा नेपाल सहित १० टोलीको सहभागीता रहेको छ । सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा रहेको नेपालको समूहमा सिंगापुर, इन्डोनेसिया, भुटान तथा जापान रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा आयोजक मलेसिया सहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड तथा म्यानमार रहेका छन् ।

नेपाल हालसम्म भएका प्रतियोगिताको तीनै संस्करणको च्याम्पियन हो । दोस्रो खेलमा मंगलबार जापानसँग खेल्ने नेपालले तेस्रो खेलमा अर्को साताको आइतवार इन्डोनेसियासँग खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले भुटानको सामना गर्नेछ ।

हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल ५ जुलाई (असार २१) मा फाइनल हुनेछ ।

प्रकाशित: ८ असार २०८२ १०:१७ | Sunday, June 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast