
काठमाडौँ- लोकगायक तथा संगीतकार पशुपति शर्माको ‘झोले त तैं, झोले त मैं’ बोलको गीत सार्वजनिक भएकाे छ। गीतमार्फत खराब प्रवृत्ति भएका व्यक्तिमाथि गायक शर्माले राजनीतिक दल, कार्यकर्तादेखि छाडा गीत गाउनेसम्मलाई व्यंग्य गरेका छन्।
गीत पशुपतिकै स्वर, शब्द र संगीतमा बनेको छ। भिडियोमा पशुपतिसहित जेरी भण्डारीले अभिनय गरेका छन्। जेरी भण्डारीको कोरियोग्राफी र निर्देशनमा बनेको गीतको भिडियो नवराज उप्रेतीको छायांकन र सुजन कोइरालाको सम्पादन छ।
गीत पशुपति शर्माको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
यस्तो छ गीत
प्रकाशित: ५ असार २०८२ १४:१८
प्रतिक्रिया