कर फिर्ता नभएसम्म आन्दोलन रोकिँदैन : सुनचाँदी व्यवसायी

हिमाल प्रेस ४ असार २०८२ १५:२६
26
SHARES
कर फिर्ता नभएसम्म आन्दोलन रोकिँदैन : सुनचाँदी व्यवसायी

काठमाडौँ– सुनचाँदी व्यवसायीले सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेको छ।

राष्ट्रिय उपभोक्ता मञ्चले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष महेन्द्ररत्न शाक्यले नगदसरहको मान्यता दिएको सुनचाँदी गहनालाई विलासिताको रुपमा परिभाषित गरेर कर लगाउने काम भएको भन्दै बजेटमा रहेको व्यवस्था फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताएका हुन्।

अहिले काठमाडौंमा सुनचाँदी पसल बन्द गरेर आन्दोलनमा होमिएको भन्दै उनले आवश्यक परे देशभर पसल बन्द गर्ने चेतावनी दिए। उनले सरकारको नयाँ नीतिले उपभोक्तालाई दुःख दिने र व्यवसायीहरुलाई अल्झाउने काम गरेको गुनासो गरे।

शाक्यले आन्दोलन गर्ने आफूहरुको स्वभाव नभए पनि सरकारको नीतिले बाध्य भएर आन्दोलन गर्नुपरेको जिकिर गरे।

कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सुन तथा सुनको गरगहनामा १३ प्रतिशत भ्याट लगाउने व्यवस्था र २ प्रतिशत बिलासिता दस्तुर लगाउने निर्णय उचित नभएको बताए।

हाल साविकमा लाग्दै आएको १० प्रतिशत भन्सार महसुल घटाइ ६ प्रतिशत गर्नुपर्ने र सुनको आयातमा कोटा प्रणाली खारेज गरी खुला र समानुपातिक प्रणालीबाट सुनको आयात तथा बिक्रि बितरण गर्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: ४ असार २०८२ १५:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast