पसल बन्द गरेर सुनचाँदी व्यवसायी आन्दोलनमा

हिमाल प्रेस २ असार २०८२ १५:०७ | Monday, June 16, 2025
पसल बन्द गरेर सुनचाँदी व्यवसायी आन्दोलनमा

काठमाडौँ– सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरुले आन्दोलनलाई निरन्तरता दिएका छन्।

सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यो व्यवसाय थप संकटमा परेको भन्दै फिर्ता लिन माग गर्दै नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले पसल बन्द गरेर सोमबार काठमाडौँको न्युरोड क्षेत्रमा प्रदर्शन गरेका हुन्।

बजेटमा अव्यवहारिक र अनावश्यक रुपमा दुई प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरुको भनाइ छ। सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर र हिरामा लागू गर्न खोजिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज हुनुपर्ने आफूहरुको माग रहेको नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिका संयोजक विपेन्द्र रामुदामुले बताए।

नगदसरह सम्पत्तिको मान्यता भएको वस्तुलाई बिलासिताका रूपमा व्याख्या गरिनु संविधानविपरित रहेको व्यवसायीहरुको भनाइ छ।

प्रकाशित: २ असार २०८२ १५:०७ | Monday, June 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast