आजदेखि त्रिदेशीय टी २० क्रिकेट शृंखला सुरु हुँदै, नेपालको खेल सोमबार

हिमाल प्रेस १ असार २०८२ ७:०५
24
SHARES
आजदेखि त्रिदेशीय टी २० क्रिकेट शृंखला सुरु हुँदै, नेपालको खेल सोमबार

काठमाडौँ- स्कटल्यान्डमा आजदेखि त्रिदेशीय टी २० क्रिकेट शृंखला सुरु हुँदैछ। शृंखलाको पहिलो खेलमा आज घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्डस् खेल्दैछन्। यो खेल ग्लास्गोमा नेपाली समयअनुसार पौने ७ बजे सुरु हुनेछ।

नेपालले आफ्नो पहिलो खेल भोलि नेदरल्यान्ड्ससँग खेल्नेछ। नेपालले घरेलु टोलीसँगै नेदरल्यान्ड्ससँग टी २० शृंखला खेल्नेछ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रुपेश सिंह र किरण ठगुन्नाले पहिलो पटक मौका पाएका छन्। तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर गुलशन झा अभ्यास खेलमा घाइते भएकाले टी २० शृंखला गुमाउनेछन्।

प्रकाशित: १ असार २०८२ ७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast