टीबी शाह स्मृति यू –१६ क्रिकेट : मधेश विजयी

हिमाल प्रेस ३१ जेठ २०८२ १९:१३
12
SHARES
टीबी शाह स्मृति यू –१६ क्रिकेट : मधेश विजयी

कर्णाली– टीबी शाह स्मृति यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले हात पारेको छ।

सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन भएको १६ वर्षमुनिको टीबी शाह स्मृति प्रथम राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेश विजयी भएको हो।

शनिबार सम्पन्न फाइनल खेलमा मधेशले बागमतीलाई सात विकेटले हराउँदै उपाधि हात पारेको हो।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरको खेलमा ३३ ओभरमा सबै विकेट गुमाउँदै ११२ रन बनायो। बागमतीका लागि सूर्यांशु कोइरालाले सात बलमा १० रन जोड्दा ४० बलमा प्रसिद्ध जैसीले २५ रन जोडेका हुन्।

अभि थपलियाले २३ बलमा चार रन जोड्नुका साथै जोय थापा ६ र शिवशक्ति महतो दुई रनमा आउट भए। त्यसैगरी, रोहित ठाकुरले ४६ बलमा २२ र आशीष गुप्ताले १७ रन जोडेका छन्। बागमतीले यो खेलमा अतिरिक्त २१ रन पाएको छ।

जवाफी ब्याटिङमा उत्रिएको मधेशका लागि ओपनर आयान मुखियाले ३३ बलमा नटआउट रहँदै २२ र सन्तु मण्डलले २२ बलमा ४३ रन जोडे। सुशान्त सिंहले १५ बलमा १२ रन, परिमार्जन यादवले चार रन र माही यादवले चार रन जोडेका छन्।

राष्ट्रियस्तरको क्रिकेट प्रतियोगितामा प्रथम हुने मधेश प्रदेशलाई नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले एक लाख २५ हजार राशिको पुरस्कार प्रदान गरे।

प्रतियोगितामा ‘प्लेयर अफ दी फाइनल’ मधेशका रोहन यादव, ‘बेस्ट बलर’ मधेशका अभय यादव, ‘बेस्ट ब्याटर’ र ‘प्लेयर अफ दी टुर्नामेन्ट’ लुम्बिनी प्रदेशका रौनक श्रीवास्तव भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) को मुख्य आयोजना, कर्णाली प्रादेशिक क्रिकेट संघको सहआयोजना तथा सुर्खेत जिल्ला क्रिकेट संघको व्यवस्थापनमा खेल सम्पन्न भएको कर्णाली प्रादेशिक क्रिकेट संघका अध्यक्ष पदमबहादुर खड्काले जानकारी दिए।

जेठ १९ गतेदेखि वीरेन्द्रनगरमा सञ्चालित प्रतियोगितामा सात प्रदेशका टोलीको सहभागिता थियो।

प्रकाशित: ३१ जेठ २०८२ १९:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast