
काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटले आज २०२५को विजेता पाउँदैछ। जसका लागि आज साँझ रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र पञ्जाब किंग्स भिड्दैछन्।
दुवै टोलीमध्ये जसले जिते पनि इतिहास रचिनेछ। किनकि उपाधि हत्याउन तयार दुवै टोली नयाँ दाबेदार हुन्। यसअघि दुवै टोलीले उपाधि उचालेका छैनन्।नरेन्द्र मोदी क्रिकेट रंगशाला बेलुका पौने ८ बजेदेखि अहमदाबादमा उपाधि भिडन्त सुरुवात हुनेछ।
बेंगलुरुले पहिलो क्वालिफायरमा पञ्जाबलाई हराएर फाइनलमा स्थान बनाएको थियो। पराजित पञ्जाबले दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई हराएर फाइनलमा फेरि बेंगलुरुसँगको भिडन्त पक्का गर्यो।
लिग चरणमा समान खेलबाट समान नतिजा र अंक बटुलेका यी दुई टोलीबीच नेट रनरेटको मात्र फरक रहँदा पञ्जाब शीर्षमा फिनिस गरेको थियो भने बेंगलुरु दोस्रोमा रहेको थियो।