राप्रपा नेपालले गर्‍यो काठमाडौँमा राँके जुलुस प्रदर्शन

हिमाल प्रेस १८ जेठ २०८२ २०:३२
38
SHARES
राप्रपा नेपालले गर्‍यो काठमाडौँमा राँके जुलुस प्रदर्शन

काठमाडौँ- राप्रपा नेपालले प्रदर्शनका क्रममा पक्राउ परेका नेता कार्यकर्ताहरुलाई तत्काल रिहाइ गर्न माग गर्दै काठमाडौँमा राँके जुलुस प्रदर्शन गरेको छ।

राप्रपा नेपालले पार्टी अध्यक्ष कमल थापा, राप्रपा नेता तथा सांसद दिपकबहादुर सिंहलगायत पक्राउ परेका सबैलाई बिना शर्त रिहाइ गर्नुपर्ने माग गर्दै राँके जुलुस प्रदर्शन गरेको हो।

राप्रपा नेपालका कार्यकर्ताले आइतबार साँझ कालोपुल, सिफल क्षेत्रमा राँकेजुलुस प्रदर्शन गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। उनका अनुसार राँके जुलुस प्रदर्शनका क्रममा कार्यकर्ताहरूले प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला पनि दहन गरेका थिए।

पक्राउ परेका नेताकार्यकर्तालाई रिहाइ नगरे थप आन्दोलन घोषणा गर्ने राप्रपाको निर्णय

प्रकाशित: १८ जेठ २०८२ २०:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast