अन्नपूर्ण आरोहणको ७५ वर्ष : हीरक जयन्तीको तयारी अन्तिम चरणमा

हिमाल प्रेस १६ जेठ २०८२ ७:३६ | Friday, May 30, 2025
अन्नपूर्ण आरोहणको ७५ वर्ष : हीरक जयन्तीको तयारी अन्तिम चरणमा

म्याग्दी- अन्नपूर्ण प्रथम हिमालको सफल आरोहणको ७५औं वार्षिकोत्सव (हीरक जयन्ती) मनाउन विदेशी पाहुनाहरू नेपाल आइपुगेका छन्।

जेठ १७ देखि २२ गतेसम्म म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आधार शिविरमा विविध कार्यक्रम हुने छन्। सन् १९५० जुन ३ मा मौरिस हर्जोग र लुइस लाचेनलले अक्सिजनबिनै अन्नपूर्ण शिखर चढेको सम्झनामा यो कार्यक्रम आयोजना गरिएको हो।

हीरक जयन्तीमा सहभागी हुन फ्रान्स, बेलायत, भारत र इटलीका १४ जना पाहुना नेपाल आएका छन्। मौरिस हर्जोगका छोरा माथिएस र नाति इथेन हर्जोग पनि सहभागी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हुने मुख्य समारोहमा म्याराथन उद्घाटन, सालिक अनावरण, खुला सङ्ग्रहालय र पदमार्ग उद्घाटनजस्ता कार्यक्रम हुनेछन्।

३० किमिको म्याराथनमा विजेताहरूलाई नगद पुरस्कार प्रदान गरिनेछ। साथै, हर्जोगले प्रयोग गरेका उपकरण पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयलाई हस्तान्तरण गरिने र ‘द अन्नपूर्ण’ पुस्तक विमोचन गरिनेछ।

कार्यक्रममा पुर्ख्याैली नृत्य, झाँकी प्रदर्शन, आरोही सम्मान लगायत विविध सांस्कृतिक र स्मृतिमूलक गतिविधि हुनेछन्।

प्रकाशित: १६ जेठ २०८२ ७:३६ | Friday, May 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast