बजेटबारे निजी क्षेत्र : उत्साहित छौँ

हिमाल प्रेस १५ जेठ २०८२ १९:०४ | Thursday, May 29, 2025
बजेटबारे निजी क्षेत्र : उत्साहित छौँ

काठमाडौँ– निजी क्षेत्रले सरकारले ल्याएको बजेटले आफूहरु उत्साहित भएको जनाएका छन्।

बिहीबार सरकारले बजेट सार्वजनिक गरेपछि संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनीहरुले निजी क्षेत्रले दिएका सुझावहरुलाई समेटेर बजेट आएको भन्दै उत्साह देखिएको धारणा राखेका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बजेटमा निजी क्षेत्रले दिएका मध्ये धेरै सुझाव समेटिएको बताए।

यसअघि बजेटमा रहेका विषयहरु कार्यान्वयन नहुँदा समस्या देखिएको भन्दै उनले अहिले सरकारले ल्याएको बजेट कार्यान्वयन हुने विश्वास व्यक्त गरे। उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएका सुझावलाई कार्यान्वयन गर्दै जाने सरकारको प्रतिवद्धता सकारात्मक रहेको उनले बताए।

त्यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले निजि क्षेत्रलाई समेटेर बजेट आएकाले सकारात्मक रहेको बताए। सरकारले राखेको राजस्वको लक्ष्य समेत सम्भव रहेको उनको भनाइ छ। अग्रवालले बजेटलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सके लक्ष्य अनुसारको आर्थिक बृद्धिदर हुन सक्ने धारणा राखे।

त्यस्तै अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले बजेटलाई मुस्कानका साथ स्वागत गरिएको बताए। नाडाको मागलाई सरकारले अर्थपूर्ण रुपले समेटेको उनले बताए।

अन्य व्यवसायीहरुले अव सरकारले बजेटको कार्यान्वयनमा ध्यान दिनुपर्ने सुझाव दिएका छन्।

प्रकाशित: १५ जेठ २०८२ १९:०४ | Thursday, May 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast